logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सम्झौता: साना तथा मझौला व्यवसायीलाई अब ‘डिजिटल कर्जा’

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सम्झौता: साना तथा मझौला व्यवसायीलाई अब ‘डिजिटल कर्जा’

    442
    SHARES
    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सम्झौता: साना तथा मझौला व्यवसायीलाई अब ‘डिजिटल कर्जा’

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंक र प्राविधिक सेवा प्रदायक (टीएसपी) आइएमएस सफ्टवेयर प्रा. लि. बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ। नेपाल राष्ट्र बैंकको डिजिटल ल्यान्डिङ मार्गदर्शन अनुसार दुई संस्थाबीच यो सम्झौता भएको हो। यस सहकार्यपछि लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।



    यो डिजिटल कर्जा सुविधाको लाभ लिनका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध भई आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू मात्र यस योजनाका लागि योग्य हुने बैंकले जनाएको छ। सम्झौताअनुसार आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकका रूपमा डिजिटल ल्यान्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ, जसमार्फत योग्य उद्यमहरूले आफ्नो इआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाटै कर्जा आवेदन र अन्य प्रक्रिया पूरा गर्न सक्नेछन्।

    यस प्रणालीले कर्जा प्राप्तिको प्रक्रियालाई थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै साना तथा मझौला व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्ने बैंकको विश्वास छ।

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकार्यमा डाटा-आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ। बैंकको बैंकिङ विशेषज्ञता तथा आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो र सहज रूपमा कर्जा उपलब्ध गराउँदै समग्र डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट