logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • इप्पानको उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित

    इप्पानको उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित

    26
    SHARES
    इप्पानको उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन्।



    इप्पानको आगामी कार्यकालका लागि पोखरेल उपमहासचिवमा निर्विरोध निर्वाचित भएकी हुन्। इप्पानको यही जेठ २९ गते २४ औँ वार्षिक साधारणसभा हुँदैन। सोही सभामा हुने निर्वाचितले नयाँ कार्यसमितिको चयन गर्नेछ।

    नयाँ कार्यसमितिको उपमहासचिव पदमा पोखरेलको एकल उम्मेदवारी परेको हो। सोही कारणले उनी उपमहासचिवमा निर्वाचित भएकी हुन्।

    पोखरेलको उम्मेदवारी उत्तम भ्लोनको प्यानलबाट परेको हो। अन्य प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी नपरेपछि पोखरेल स्वतः निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको घोषणा भोलि शुक्रबारमात्र हुनेछ। हाल पनि पोखरेल इप्पानको सचिवका रुपमा कार्यरत छिन्।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट