logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नागढुंगा र सिद्धबाबाबाहेक थप नयाँ सात सुरुङको अध्ययन गरिँदै, कुनको बजेट कति ?

    नागढुंगा र सिद्धबाबाबाहेक थप नयाँ सात सुरुङको अध्ययन गरिँदै, कुनको बजेट कति ?

    533
    SHARES
    नागढुंगा र सिद्धबाबाबाहेक थप नयाँ सात सुरुङको अध्ययन गरिँदै, कुनको बजेट कति ?

    काठमाण्डौ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा सुरुङमार्ग निर्माण र नयाँ सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि महत्त्वपूर्ण बजेट विनियोजन गरेको छ।



    मन्त्रालयको ‘सुरुङ मार्ग विकास कार्यक्रम’ अन्तर्गत मात्रै सुरुङमार्ग निर्माण र अध्ययनका लागि ५४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माणका लागि १२ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    नागढुंगा सुरुङमार्गमा करिब २ अर्ब बजेट
    देशको पहिलो आधुनिक सुरुङमार्ग ’नागढुंगा सुरुङमार्ग निर्माण आयोजना’ का लागि मन्त्रालयले १ अर्ब ९६ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये मुख्य नागढुंगा सुरुङमार्ग निर्माण आयोजनातर्फ १ अर्ब ९० करोड ७० लाख रुपैयाँ छुट्याइएको छ ।

    यो बजेट सुरुङ निर्माण, सडक निर्माण, जग्गा प्राप्ति तथा अन्य प्रशासनिक खर्चका साथै सुरुङमार्गको मर्मत, सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, सडक क्षेत्र विकास आयोजना अन्तर्गत थप ५ करोड ४२ लाख रुपैयाँ सुरुङमार्ग निर्माणकै लागि छुट्याइएको छ।

    सिद्धबाबा सुरुङमार्गलाई ५० करोड, अन्य कहाँ–कुन बन्दैछन् सुरुङ ?
    मन्त्रालयको‘सुरुङ मार्ग विकास कार्यक्रम’ अन्तर्गत निर्माणाधीन ’सिद्धबाबा सुरुङ मार्ग निर्माण’ का लागि मात्रै ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । पाल्पा र रुपन्देही जोड्ने जोखिमयुक्त सडकखण्डमा यो सुरुङमार्ग निर्माण भइरहेको छ।

    यसका अलावा सरकारले देशका विभिन्न भू–भागमा नयाँ सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ । नयाँ प्रस्तावित सुरुङमार्गहरू देहायबमोजिम रहेका छन्।

    १. टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङ मार्ग
    २. सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानवा तालसम्म सुरुङमार्ग
    ३. दोलालघाट–चर्नावती सुरुङ मार्ग
    ४. हात्तीसार–बबई सुरुङ मार्ग
    ५. खुर्कोट–चियाबारी सुरुङ मार्ग
    ६. शिवपुर–भालुवांग सुरुङ मार्ग
    ७. रानी घाट–भुरीगाउँ सुरुङ मार्ग
    यी सुरुङमार्गहरूको अध्ययन तथा ‘विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययन’ र ‘सुरुङ मार्ग विकाश कार्यक्रम’ शीर्षकमा बजेट राखिएको छ ।

    कुन सुरुङलाई कति बजेट ?
    सिद्धबाबा सुरुङ मार्ग निर्माणः ५० करोड
    सुरुङ मार्ग विकास कार्यक्रमः ३ करोड ७७ लाख ८० हजार
    दोलालघाट–चर्नावती सुरुङ मार्गः १८ लाख ९० हजार
    टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङ मार्गः ११ लाख ४८ हजार
    हात्तीसार–बबई सुरुङ मार्गः ७ लाख ५६ हजार
    सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानवा तालसम्म सुरुङमार्ग अध्ययनः ५ लाख ६० हजार
    खुर्कोट–चियाबारी सुरुङ मार्गः ३ लाख ९२ हजार
    शिवपुर–भालुवाङ सुरुङ मार्गः ३ लाख ९२ हजार
    रानी घाट–भुरीगाउँ सुरुङ मार्गः ३ लाख ९२ हजार
    विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनः १ लाख ९० हजार


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट