logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • इप्पान निर्वाचन: एक उपमहासचिव र पाँच सचिव निर्विरोध, अरू पदमा मतदान

    इप्पान निर्वाचन: एक उपमहासचिव र पाँच सचिव निर्विरोध, अरू पदमा मतदान

    715
    SHARES
    इप्पान निर्वाचन: एक उपमहासचिव र पाँच सचिव निर्विरोध, अरू पदमा मतदान

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को शुक्रबार हुने निर्वाचनको अघिल्लो दिन एक उपमहासचिव र पाँच जना सचिव पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।



    निर्वाचन समितिले बिहीबार साँझ प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपमहासचिवमा कविता पोख्रेल निर्विरोध निर्वाचित भएकी हुन्। यस्तै सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

    वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धा गर्नेछन्। उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक प्रतिस्पर्धामा छन्। सात प्रतिस्पर्धीमध्येबाट पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन्।

    महासचिवमा टेकनाथ (टि.एन.) आचार्य र प्रकाशचन्द्र दुलाल भिड्दैछन्। कोषाध्यक्षमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल प्रतिस्पर्धा गर्नेछन्। खुलातर्फ सात सदस्य निर्वाचित हुने भए पनि १४ जनाको उम्मेदवारी परेको छ। महिलातर्फ तीन सदस्य चुनिनेमा चार जनाको उम्मेदवारी परेको छ।

    खुला सदस्यतर्फ अनुप आचार्य, ईन्दिरा पन्त, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कंडेल, प्रदिप ओली, डा. भुषण गुरागाई, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कंडेल प्रतिस्पर्धा गर्नेछन्। महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्का निर्वाचनमा भिड्नेछन्।

    इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्षसहित एक जना वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात सदस्य (खुला), तीन सदस्य (महिला) रहन्छन् भने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट