logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • सार्वजनिकस्थलमा विश्वकप खेल प्रत्यक्ष प्रसारण गर्न प्रशासनको अनुमति अनिवार्य

    सार्वजनिकस्थलमा विश्वकप खेल प्रत्यक्ष प्रसारण गर्न प्रशासनको अनुमति अनिवार्य

    52
    SHARES
    सार्वजनिकस्थलमा विश्वकप खेल प्रत्यक्ष प्रसारण गर्न प्रशासनको अनुमति अनिवार्य

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सार्वजनिक स्थलमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघसंस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिन अनिवार्य गरेको छ।



    कार्यालयले शुक्रबार सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामार्फत सामूहिक रूपमा प्रदर्शन गर्दा भीडभाड भई शान्ति सुरक्षा तथा सार्वजनिक व्यवस्थामा असर पर्न सक्ने भएकाले अनुमति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।

    सूचनाअनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघसंस्था वा कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पूर्वस्वीकृति लिनुपर्नेछ । स्वीकृतिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।

    कार्यालयले निवेदनमा उल्लेख गरिएका शर्त तथा कार्यक्रम सञ्चालन हुने स्थानको सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गरी अनुमति प्रदान गरिने जनाएको छ।

    यस्तै, प्रशासनले अनुमति नलिई रातिको समयमा विश्वकप खेलको प्रत्यक्ष प्रसारणका नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल वा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट