logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • भट्ट र अग्रवालसहित ४ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बढी बिगो दाबी

    भट्ट र अग्रवालसहित ४ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बढी बिगो दाबी

    390
    SHARES
    भट्ट र अग्रवालसहित ४ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बढी बिगो दाबी

    काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दीपक भट्ट, सुलभ अग्रवालसहित चारजना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।



    उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार उक्त मुद्दा दर्ता गरिएको हो ।

    मुद्दामा व्यवसायी दीपक भट्टसहित सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ ।

    प्रतिवादीहरूमाथि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर जुन प्रयोजनका लागि लिइएको हो, त्यसमा खर्च नगरी अन्यत्रै दुरुपयोग गरेको आरोप छ ।

    बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार १० करोडदेखि ५० करोड रुपैयाँसम्मको बिगो परिमाणमा दोषी ठहर भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र बिगो बमोजिमको जरिवाना र बिगो भराउने व्यवस्था रहेको छ ।

    प्रतिवादीहरूमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल प्रहरी हिरासतमै छन् । अन्य दुई प्रतिवादी शाहिल अग्रवाल र शंकरलाल अग्रवाल भने फरार रहेकाले उनीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

    सीआईबीको प्रतिवेदनअनुसार भट्ट, सुलभ र शाहिललाई मुख्य कसुरदार ठहर गरिएको छ भने शंकरलाल अग्रवालमाथि कसुरदारहरूलाई सहयोग गरेको आरोप लगाइएको छ ।

    पक्राउ परेका र फरार रहेका यी व्यवसायीहरूमाथि बैंकिङ कसुरबाहेक अन्य गम्भीर विधामा पनि मुद्दा चलाउने तयारी भइरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट