logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • बीमा प्राधिकरणका पूर्व अध्यक्षद्वय दाहाल र ओझा विरुद्ध बीमा कसुरसम्बन्धी मुद्दा दायर

    बीमा प्राधिकरणका पूर्व अध्यक्षद्वय दाहाल र ओझा विरुद्ध बीमा कसुरसम्बन्धी मुद्दा दायर

    897
    SHARES
    बीमा प्राधिकरणका पूर्व अध्यक्षद्वय दाहाल र ओझा विरुद्ध बीमा कसुरसम्बन्धी मुद्दा दायर

    काठमाण्डौ । विशेष सरकारी वकीलको कार्यालयले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षद्वय मदन कुमार दाहाल र शरद ओझाविरूद्ध बीमा एेन अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ।



    दुबै अध्यक्ष विरूद्ध नेपाल बीमा प्राधिकरणबाट प्राप्त जाहेरीका आधारमा सरकारी वकीलको कार्यालयले सरकारको तर्फबाट ४२ जना विरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विपक्षीहरूमध्ये दाहाल र ओझाले नियामकीय अधिकारको दुरुपयोग गरेको र कानूनविपरित निर्णय गरेको अभियोग लगाइएको छ।

    अभियोगपत्रमा उनीहरूले बिमा सम्बन्धी प्रचलित कानून र नियामकीय मापदण्ड विपरीत कार्य गरेर राज्य र सरोकारवालालाइ हानीनोक्सानी पुर्‍याएको दाबी लिइएको छ। मुद्दामा नियामकको हैसियतमा रहेको बीमा प्राधिकरणभित्रको निर्णय प्रकृयामा गम्भीर अनियमितता रहेको औंल्याइएको छ।

    अभियुक्त बनाइएका दाहाल हाल सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए। मुद्दा दायर भएलगत्तै उनी निलम्बनमा परेका छन् । अर्का अभियुक्त, ओझा भने योग्यता नपुगेको विषयमा विवादमा परेपछि सरकारले पदमुक्त गरिदिएको थियो। पुनः बहालीका लागि ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेपनि उनको पक्षमा आदेश जारी गरेन ।

    ओझाभन्दा अघि अध्यक्ष रहेका सूर्य प्रसाद सिलवाल पनि भ्रष्टाचार र पदीय दुरूपयोगको अभियोगमा सर्वोच्च अदालतमा तारेख धाइ रहेका छन् । उनले उमेर ढाँटेको, राहदानी दुरूपयोग गरेको, सरकारी सेवा सुविधा दुरूपयोग गरेको लगायतको माग दाबी सहित विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । तर अख्तियारले गम्भीर अभियोग र प्रमाण सहित मुद्दा दायर गरेपनि सिलवालले सफाइ पाएका थिए। विशेष अदालतको फैसला प्रति चित्त नबुझेको भन्दै सर्वोच्चले पुनरावेदनका लागि अख्तियारमा पुनः निवेदन दर्ता गराएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट