काठमाण्डौ । अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता शेयर बेच्ने भएको छ।
कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेच्न लागेको हो। यो शेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ।
शेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।