logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • इप्पानमा नेतृत्व हस्तान्तरण, शपथपछि नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    इप्पानमा नेतृत्व हस्तान्तरण, शपथपछि नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    182
    SHARES
    इप्पानमा नेतृत्व हस्तान्तरण, शपथपछि नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ ग्रहण तथा पद हस्तान्तरण भएको छ। आइतबार काठमाण्डौमा कार्यक्रम आयोजना गरेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो।



    गत शुक्रबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो। संस्थाको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी स्वत: अध्यक्ष बनेका हुन्। त्यसै गरी वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका थिए।

    उपाध्यक्षहरूमा क्रमश: उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका थिए। महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका थिए। सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका थिए।

    त्यसैगरी, कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका थिए। उनीसँग प्रतिस्पर्धा गरेका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।

    खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट