काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) रास्वपाका सांसद केपी खनालले सञ्चालन गरेको चिया पसलमा पुगेर मुस्कुराउँदै चिया पिएको भिडिओ सार्वजनिक भएको छ।
हिजो (आइतबार) बालेनले आफ्नो टिमसहित काठमाण्डौको शंखमुलस्थित सांसद खनालको ‘चियादानी’मा पुगेर चिया पिएका हुन्। पानी परिरहेको बेला बालेन छाता ओडेर मुस्कुराउँदै चियादानीमा गएको र चिया पिउँदै गरेको भिडिओमा देख्न सकिन्छ।
बालेन आफ्ना स्वकीय सुवास शर्मासहितका साथीहरूलाई साथमा लिएर चियादानीमा गएका हुन्।
यसअघि पनि बालेनले चियादानीमा पुगेर चिया पिउने गरेको सांसद खनालले बताएका छन्।
अर्थ चाैतारी ।