logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

    अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

    208
    SHARES
    अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

    काठमाण्डौ। बुधबारदेखि साउदी अरबले गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ । बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।



    वैदेशिक रोजगार व्यवसायीहरूले बिहान देखि आन्दोलन गरेसँगै ट्रेनिङ इन्स्टिच्युटले स्थगितको सूचना टाँसेको छ । व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए ।

    तर, यसबारे साउदी दूतावासले कुनै औपचारिक सूचना जारी गरेको छैन । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर लाग्ने व्यवस्था गरेको थियो ।

    बुधवार काठमाण्डौस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरु गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरेमा श्रम भिसा जारी नगर्ने भनेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट