काठमाण्डौ । सरकारले मासिक १०० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने तयारी गरेको छ । बजेटमा ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको सरकारले बजेट पारित नहुँदै यसलाई वृद्धि गर्ने तयारी थालेको हो ।
संसद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत विभिन्न निकायको विनियोजनमाथिको प्रश्नको जवाफ दिँदै बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।
‘बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिरहेका छौँ । हामी फ्रि युनिटको थ्रेसहोल्डलाई बढाएर १००/१५० पुर्याउँछौँ,’ उनले भने ।
अर्थ चाैतारी ।