logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सुनको मूल्यमा भारी गिरावट

    सुनको मूल्यमा भारी गिरावट

    416
    SHARES
    सुनको मूल्यमा भारी गिरावट

    काठमाण्डौ । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ ।



    सुनको मूल्य तोलामा १० हजार पाँच सय रुपैयाँले घटेर २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार (हिजो) सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

    त्यसैगरी, बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको थियो । यसअघि ३ दिनमा ६५ सय बढेको सुनको मूल्य गएका ३ दिन लगातार घटेको हो ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट