logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • प्रतिनिधिसभामा कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जङ्गलीराज चल्यो

    प्रतिनिधिसभामा कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जङ्गलीराज चल्यो

    273
    SHARES
    प्रतिनिधिसभामा कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जङ्गलीराज चल्यो

    काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर ‘जङ्गलीराज’ चलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको बताएका हुन् ।



    सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएका भन्दै आपत्ति जनाए । ‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जङ्गलीराज ?

    उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अङ्ग हो । यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एण्ड ब्यालेन्स’ कायम गर्ने हो ।’

    भ्रष्टाचारका कुनै पनि घटनामा कांग्रेसले बाधा नपुर्‍याउने बुढाले बताए । उनले भने, ‘भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्व प्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी- कानुनभन्दा माथि कोही छैन । तर, परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत र कानुन बमोजिम हुनुपर्छ ।’

    सांसद बुढाले प्रधानमन्त्री संसद्को सामना गर्न डराएको आरोप लगाए । ‘जुन संसद्ले प्रधानमन्त्री बनायो, त्यही संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ,’ उनले भने, ‘बजेटको प्रश्न होस् वा सीमाको विषय, प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन चाहनुहुन्न । यो सिङ्गो देशका नागरिकलाई हेपेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट