logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • रास्वपाको महाधिवेशन : ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै

    रास्वपाको महाधिवेशन : ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै

    403
    SHARES
    रास्वपाको महाधिवेशन : ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा गरेको छ । सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलले रास्वपाले निमन्त्रणा गरेको जानकारी गराएका छन् ।



    कांग्रेसका सभापति गगन थापा शुभकामनाका लागि महाधिवेशनमा जाने/नजाने निर्णय गरिसकेका छैनन् । सभापति थापाका सचिवालयका एक सदस्यले रास्वपामा महाधिवेशनमा जाने विषयमा टुंगो नलागिसकेको जानकारी गराए ।

    एमाले अध्यक्ष केपी ओली रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नजाने स्वकीय सचिव निरु पालले जानकारी गराइन् । पालले भनिन्, ‘अध्यक्ष जानुहुन्न । अरू कोही व्यक्तिबारे निर्णय भइसकेको छैन । निर्णय गर्ने समय छ ।’

    नेकपाका अध्यक्ष प्रचण्ड स्वास्थ्यमा अनुकूल रहे आफैं जाने भएका छन् । नेकपा नेता देवेन्द्र पौडेलले भने, ‘स्वास्थ्य राम्रो रहे आफैं जाने भन्नुभएको छ ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको महाधिवेशनमा शुभकामना दिन जाने भएका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देन शुभकामना दिनका लागि जाने कार्यक्रम तय भएको जानकारी गराएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट