काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् ।
तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।
मङ्गलबार भरतपुरमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न समेत आग्रह गरे ।
अर्थ चाैतारी ।