logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक

    रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक

    286
    SHARES
    रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार स्वेच्छिक भएको घोषणा गरेका छन् ।



    महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले तोकिएको पाँच हजार शुल्क स्वेच्छिक बनाउने घोषणा गर्दै तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने बताए । ‘प्रतिनिधिका रूपमा तोकेको ५ पाँच हजार स्वेच्छिक बनाउन चाहन्छु’, लामिछानेले भने, ‘यति धेरै दिन बस्दा तपाईंहरुलाई दुख भयो होला । चाहनुहुन्छ भने तिरेकाहरुले पनि फिर्ता लिन सक्नुहुनेछ ।’

    सभापति लामिछानेले निर्वाध रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको बताए । साथै उनले यसलाई र उसलाई भोट दिनु भन्ने मानिस रास्वपाको मानिस हुन नसक्ने पनि बताए ।

    ‘विवेक प्रयोग गरेर ५२ लाख नागरिकले रास्वपालाई शक्तिशाली दल बनाए’, उनले भने, ‘अब पार्टीमा पनि हामीले विवेक प्रयोग गर्नुपर्छ ।’

    सभापति लामिछानेले बुद्धिमत्तापूर्वक महाधिवेशन गर्नुपर्ने भएकाले केही चुनौती आएपनि अग्रजहरूले राजनीतिक दल निर्माणका क्रममा धेरै दुख पाएका बताउँदै आफूहरूलाई दुई दिन दु:ख भएकाे समेत बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट