चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको छ । बुधबार राति १०ः३० बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति १२ः ३५ बजेदेखि सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार ९९ जना केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ । मतदान प्रक्रिया भोलि बिहान १२ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।
त्यसअघि मतदानका लागि प्रतिनिधिहरू राति ११ बजेदेखि नै लाइनमा बसेका थिए । मतदान स्थलमा राखिएका होडिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै सुरु गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । विवादपछि हल ‘ए’ मा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू हटाइकाे छ ।
अर्थ चाैतारी ।