logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व

    डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व

    273
    SHARES
    डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व

    काठमाण्डौ । डेरी उद्योग संघ (डेरी इन्डस्ट्रिज एसोसिएसन) को अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा सम्पन्न सङ्घको १७औँ वार्षिक साधारणसभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।



    यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष थिए । त्यसैगरी उपाध्यक्ष पदमा आधुनिक डेरी प्रो.प्रालिका विश्वराज बस्नेत, महासचिवमा जयश्री कृष्ण डेरी उ. प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।

    कार्यसमिति सदस्यहरूमा वी.डी.सी.फुड (भवानी डेरी) प्रा.लि.का देवरथ बराल, सैजु डेरी प्रा.लि.का जेनन सैजु, मदानी डेरी प्रा.लि.का माधव दाहाल, एन.एम.सी.डेरी उद्योगका रामचन्द्र उप्रेती, पञ्चशील डेरी प्रा.लि.का पुष्पराज बस्नेत र कालिका डेरी .प्रा.लि.का शिव प्रसाद त्यात रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट