logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति

    ६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति

    247
    SHARES
    ६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति

    चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ ।



    त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ भएपछि कार्यतालिका संशोधन गरिएको बताइएको छ । १९ जना पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।

    बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए । यद्यपि ६ पदका लागि सहमतिको प्रयास समेत भइरहेकाले मतदान नहुने सम्भावना पनि उत्तिकै रहेको छ ।

    रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

    रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट