logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    429
    SHARES
    शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाण्डौ । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।



    यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी र सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति थियो ।

    शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । भारतको प्रतिष्ठित होटल व्यवस्थापन समूहसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित उक्त होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराइरहेको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड र व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन, आर्थिक गतिविधि तथा आतिथ्य उद्योगको विकासमा योगदान पुर्याउने लक्ष्य कम्पनीको छ ।

    कम्पनीले आगामी दिनमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट