logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

    एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

    169
    SHARES
    एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरिएको छ।



    शुक्रबार नेपाल क्रिकेट संघले एनपीएलका लागि खेलाडी दर्ता खुला गरिएको जनाएको छ। संघका सचिव पारश खड्काले प्रेस विज्ञप्ति जारी गरी शुक्रबारदेखि नै खेलाडी दर्ता सुरु गरिएको जानकारी दिएका छन्।

    एनपीएलको अक्सनका लागि खेलाडीले नाम दर्ता गराउन असार १२ देखि १७ गतेसम्मको समय तोकिएको छ। नाम दर्ता गराएकै खेलाडीबाट असार २२ गते अक्सन हुने सचिव खड्काले जनाएका छन्।

    अनलाइनबाट नाम दर्ता गर्न सकिनेछ। एनपीएलको वेबसाइटमा गएर अक्सनका लागि नाम दर्ता गराउने व्यवस्था गरिएको संघले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट