काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालयलाई २४सै घण्टा पार्किङ खुला राख्न निर्देशन दिएको छ।
शुक्रबार एक परिपत्र गर्दै दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुला राखिएकाले संग्रहालयको पार्किङ क्षेत्रलाई पनि २४ सै घण्टा खुल्ला राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो। संग्रहालयको दक्षिणतर्फको मूलगेटदेखि भित्र प्रवेश गर्दा बायाँतर्फको खाली जग्गा स:शुल्क पार्किङका रूपमा प्रयोग भइरहेको छ।
‘यसरी पार्किङका लागि उक्त क्षेत्रलाई २४ सै घण्टा खुला राख्दा पार्किङ शुल्क लिने र पार्किङ स्थानको सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा २४सै घण्टा घटाउने गरी आवश्यक कर्मचारीसहित व्यवस्थापन मिलाउने,’ पत्रमा भनिएको छ।
त्यस्तै पार्किङ शुल्क लिँदा अन्य सरकारी निकाय वा काठमाडौँ महानगरपालिकाले बनाएको दररेटलाई आधारमा मानेर व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
अर्थ चाैतारी ।