logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    156
    SHARES
    ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    काठमाण्डौ । सरकारले एकै पटक ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरु नियुक्त भएका हुन्।



    प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त गरेका हुन्।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा विवेक आचार्य नियुक्त भएका छन्।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नविसमान सिंह प्रधान नियुक्त भएका छन्।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा स्मृति कार्की नियुक्त भएका छन्।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नारायणसिंह गुरुङ नियुक्त भएका छन्।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अजयकुमार मिश्र नियुक्त भएका छन्।

    सरकारले गत जेठ ४ गते ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ६ वटा प्रतिष्ठानका लागि कुल ११३ जनाले दरखास्त दिएका थिए।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २६, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका लागि २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ११ जनाको दरखास्त परेको थियो।

    आवेदन दिएकाहरुको दरखास्तहरूको मूल्यांकन गरी उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका आधारमा प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट