काठमाण्डौ । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो खुद्रा (रिटेल) सञ्जाललाई थप मजबुत बनाउँदै इटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै उपलब्ध गराउने उद्देश्य राखेको छ।
उक्त शोरूमको उद्घाटन कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरेका हुन्। आधुनिक र ग्राहक–मैत्री शैलीमा व्यवस्थित गरिएको यस शोरूममा ग्राहकहरूले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष हेरेर आफ्ना परियोजनाका लागि आवश्यक सामग्री छनोट गर्न सक्नेछन्।
उद्घाटनका क्रममा कम्पनीका प्रतिनिधिले ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको यो सहकार्य इटहरी र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स प्रदान गर्ने प्रतिबद्धताको प्रतीक भएको बताए। नेपालमै उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी कजारिया रमेश टायल्सले स्वदेशी उत्पादनलाई बढावा दिइरहेको छ। हाल कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष आठ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन्।
गुणस्तर र दिगोपनाप्रतिको प्रतिबद्धताका लागि यो उद्योगले आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (आईजीबीसी) को सदस्यता र प्रतिष्ठित ‘एनएस क्वालिटी अवार्ड २०२६’ समेत प्राप्त गरिसकेको छ, जसले यसलाई नेपाली बजारमा एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ। ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत घर तथा व्यावसायिक भवनहरूको आन्तरिक सजावटलाई निरन्तर रूपान्तरण गर्दै आएको छ। हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ।
यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स र हेभी ड्युटी भिट्रिफाइड टायल्सहरू उपलब्ध छन्, जुन नेपाली उपभोक्तामाझ असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक रुचाइएका छन्। इटहरीको हलगडामा सुरु भएको यो नयाँ शोरूमले कोशी प्रदेशका उपभोक्ताहरूलाई गुणस्तरीय स्वदेशी टायल खरिद गर्न सहज बनाउने र पूर्वी नेपालको निर्माण क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।
यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०X१२० से.मी., ६०X६० से.मी., ४०X४० से.मी. (८ मि.मी.), र १९.५X१२० से.मी.), सेरामिक वाल टायल्स (३०X६० से.मी. र ३०X४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०X४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।
अर्थ चाैतारी ।