logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • सुनको मूल्य सामान्य बढ्यो

    सुनको मूल्य सामान्य बढ्यो

    507
    SHARES
    सुनको मूल्य सामान्य बढ्यो

    काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। यो शुक्रबारको तुलनामा प्रतितोला रु ६०० बढी हो।

    शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम रु २ लाख ४६ हजार ९१५ कायम भएको छ।
    यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

    आइतबार चाँदी प्रतितोला रु ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला रु ४ हजार ५१० को तुलनामा रु ३५ कम हो। चाँदीको प्रति १० ग्राम मूल्य रु ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट