काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र सङ्गठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।
खाणले यस फैसला उपर उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो अझै खुला छ । यदि माथिल्लो अदालतले उनलाई ‘निर्दोष’ ठहर गरेमा मात्र उनको राजनीतिक जीवन पुनः जीवित हुन सक्छ।
तर, जिल्ला अदालतले पेस गरेका प्रमाण र मन्त्रालयको रेकर्ड किर्ते भएको देखिएमा भने उच्च अदालतले पनि सुरु जिल्ला अदालतको फैसला सदर गर्न सक्छ।
अर्थ चाैतारी ।