logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • उपत्यकाभित्र विपद् उद्धारका लागि व्यवसायीले निःशुल्क हेलिकप्टर, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

    उपत्यकाभित्र विपद् उद्धारका लागि व्यवसायीले निःशुल्क हेलिकप्टर, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

    351
    SHARES
    उपत्यकाभित्र विपद् उद्धारका लागि व्यवसायीले निःशुल्क हेलिकप्टर, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

    काठमाण्डौ । वायुसेवा संचालक संघ नेपालले काठमाण्डाै उपत्यकाभित्र विपद् उद्धार कार्यका लागि निःशुल्क हेलिकप्टर उडान सेवा उपलब्ध गराउने भएको छ।



    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको समझदारी अनुसार, संघले काठमाण्डौ उपत्यकाभित्र हेलिकप्टर उडान गर्नु परेमा निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको हो ।

    यसैगरी प्राधिकरणले विपद्‌मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि ड्रोनको समेत प्रयोग गर्ने भएको छ। प्राधिकरण र नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिजसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोन र राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखि माग गरेमा निःशुल्क रुपमा जनशक्तिसहित उपकरण उपलब्ध गराउने समझदारी भएको छ।

    प्राधिकरणका अनुसार, यी तीनवटै संगठनसँग मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट