logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • उखु किसानलाई बक्यौता भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

    उखु किसानलाई बक्यौता भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

    208
    SHARES
    उखु किसानलाई बक्यौता भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

    काठमाण्डौ । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।



    पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन्।

    उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो।

    उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट