logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • १ करोड २३ लाखको भ्याट छली प्रकरणमा अख्तियारको सर्वोच्चमा पुनरावेदन

    १ करोड २३ लाखको भ्याट छली प्रकरणमा अख्तियारको सर्वोच्चमा पुनरावेदन

    377
    SHARES
    १ करोड २३ लाखको भ्याट छली प्रकरणमा अख्तियारको सर्वोच्चमा पुनरावेदन

    काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत संलग्न रहेको भनिएको भ्याट छली तथा भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको आंशिक सफाइको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । आयोगले विशेष अदालतको २०८२ चैत १० गतेको फैसलाविरुद्ध मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।

    अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सुन्दरहरैँचा नगरपालिकाको गछिया खोलाबाट नदिजन्य पदार्थ उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसाको मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो असुल, बिगोबमोजिम जरिवाना, कैद तथा अन्य कानुनी सजायको माग गर्दै मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले प्रतिवादीलाई केही आरोपमा आंशिक सफाइ दिएको थियो ।

    उक्त फैसला कानुन र प्रमाणअनुसार उचित नभएको निष्कर्ष निकाल्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा विशेष अदालतको फैसलामाथि पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको उल्लेख छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट