logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक

    सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक

    325
    SHARES
    सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक

    काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।

    एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।

    डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा तथा अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् ।

    यस बचत खाताको सुरुवातमार्फत एनएमबि बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको जनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट