logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वेस्टर्न युनियन मनी ट्रान्सफरको अभियानमा रेविकाले जितिन् १० तोला सुन

    वेस्टर्न युनियन मनी ट्रान्सफरको अभियानमा रेविकाले जितिन् १० तोला सुन

    1.7K
    SHARES
    वेस्टर्न युनियन मनी ट्रान्सफरको अभियानमा रेविकाले जितिन् १० तोला सुन

    काठमाण्डौ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन् । सुनुवारले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी हुन् ।



    वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो । नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कति’ अभियान शुरु गरेको थियो ।

    दस तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले पुरस्कारहरु प्राप्त गरेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ८ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट