logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • मौलाकालिकामा २ अर्ब लागतमा बन्ने केबलकारको ७० प्रतिशत काम पुरा, माघको अन्तिमबाट सञ्चालन आउने

    मौलाकालिकामा २ अर्ब लागतमा बन्ने केबलकारको ७० प्रतिशत काम पुरा, माघको अन्तिमबाट सञ्चालन आउने

    1.5K
    SHARES
    मौलाकालिकामा २ अर्ब लागतमा बन्ने केबलकारको ७० प्रतिशत काम पुरा, माघको अन्तिमबाट सञ्चालन आउने

    काठमाण्डाै । आइएमई समूहको २ अर्ब लागतमा बन्ने पूर्वी नवलपरासीको मौलाकालिकामा बन्ने केबलकारको निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ ।  धार्मिक, पर्यटकीय स्थलको रूपमा परिचित मौलाकालिका मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माणको काम तीव्र गतिमा अगाडी बढिरहेको र माघ अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी रहेको मौला कालिका केबलकार प्रा. लि. का परियोजना व्यवस्थापक विजय पौडेलले जानकारी दिए ।



     

     

    पौडेलका अनुसार बटम स्टेसन, टावर र टप स्टेसन गरेर ३ भागमा विभाजन गरी काम भइरहेको छ । बटम स्टेसनको काम ७० प्रतिशत, टप स्टेसनको काम ७० प्रतिशत र टावरमा सिभिलको काम शत प्रतिशत सम्पन्न भएको जानकारी दिए । बाँकी संरचनाका काम केबलकार सञ्चालनमा आएपछि पनि निरन्तर चल्ने उनको भनाई छ । केबलकारको फेदी स्टेसनबाट टप स्टेसनसम्म पुग्नको लागि २ मिनेट ३० सेकेन्ड लाग्ने उनको भनाई छ । सिभिलको काम नेपाली कामदारबाटै भइरहेको बताउँदै उनले भने, “टावरको मेकानिकल पार्टको काम अस्ट्रियाका इन्जिनियर सहितको विदेशी जनशक्तिले गरिरहेका छन् । स्टेसनको काम अब सुरु हुन्छ ।”

     

     

    आइएमई समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमई समूहले जनाएको छ । केबलकारले स्थानीयसहित करिब ४ सय जना व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

     

     

    बटम स्टेसनदेखि टप स्टेसनसम्म १२ सय मिटर दुरी रहेको छ । १२ वटा कारमा मानिस र २ वटामा सामान ओसारपसार गर्ने छन् । एउटा कार ८ जना क्षमताको हुने छ । मौलाकालिका मन्दिरनजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको छ । मौला कालिका मन्दिर नजिक यसअघि हेलिप्याड रहेको स्थानमा केबलकारको टप स्टेसन निर्माण भइरहेको छ भने फेदीतर्फ गैँडाकोट १ धारा पानीमा बटम स्टेसनको काम भइरहेको छ । पौडेलका अनुसार टप स्टेसनमा निर्माण भइरहेको भवनको टपमा हेलिप्याड हुनेछ । उनले भने “टप स्टेसनको भवनमाथि होटेल र त्यसको माथि नै हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।”

     

     

    पूर्वी नवलपरासीको ऐतिहासिक महत्त्व बोकेको धार्मिक स्थल मौला कालिका मन्दिरमा जानका लागि केबलकारको निर्माणका लागि धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालसहित एक हजार ३८ रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

     

     

    केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौला कालिकामा केबलकार निर्माणको काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट