logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • कानून व्यवसायी क्लवद्धारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    कानून व्यवसायी क्लवद्धारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    819
    SHARES
    कानून व्यवसायी क्लवद्धारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    काठमाण्डौ । कानून व्यवसायी क्लव र शंकरलाल केडिया फाउण्डेशनको सयुक्त रुपमा हिजो (फागुन १६) गते आयोजना गरेको कानुन सम्बन्धि विभिन्न बिधामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।



     

    विगत देखि स्व. शंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान हुदै आएको छ ।

     

    पुरस्कार र सम्मानलाई अझै गरिमामय बनाउदै जाने लक्ष्य अनुरुप क्लव र फाउण्डेशन वीच भएको सम्झौता बमोजिम यस पटक स्व.शंकरलाल केडिया कानून सम्मान पुरस्कारद्धारा वरिष्ठ अधिवक्ता प्राध्यापक श्री गुणनीधि न्यौपानेलाई सम्मानित गरिएको थियो यस्तै स्व.शंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता श्री महेश कुमार थापालाई र स्व.शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्री श्याम कुमार भट्टराईलाई लिखित “संवैधानिक तथा प्रशाशकीय कानून” पुस्तकको लागी प्रदान गरिएको थियो ।

    यस अघि ११ वर्षसम्म लगातार न्याय एवं कानून क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गर्दै आएको र यो पटक पनि १८ जनालाई विभिन्न बिधामा पुरस्कार वितरण गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट