logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • पश्चिमी वायुको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना

    910
    SHARES
    पश्चिमी वायुको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट