logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो

    चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो

    832
    SHARES
    चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाण्डौ । चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।



     

    यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्ममा ४.४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको थियो । अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको छ ।

     

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २६५.९ प्रतिशतले बढेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट