logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • कतारबाट आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरु

    कतारबाट आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरु

    728
    SHARES
    कतारबाट आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरु

    काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरका रुपमा समझदारी भएको छ।



    विन बिग क्याम्पेनमा सम्पूर्ण सेवाग्राही युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल “धधध।गलष्mयलष्।त्रब” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४प्रो, ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस२२ अल्ट्राका ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन्।

     

    सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (१ चैत, २०७९ देखि जेठ १, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागू हुनेछ। उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रु. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ। अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नका लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ।

     

    युनिमनी एक्सचेन्ज एलएलसी (युनिमनी) वित्तीय समाधान र सेवाहरुको एक विविध विश्वव्यापी प्रदायक हो। युनिमोनीले आफ्ना १० शाखा, अनलाइन र मोबाइल समाधानसहित बहुग्राहक टचपोइन्टहरुमार्फत भौगोलिक, मुद्राहरुमा पैसाको निर्वाध आवागमनको सुविधा दिन्छ। युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो। युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकका लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ।

     

    युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकका रुपमा एउटै छानामुनि ग्राहकहरुको वित्तीय आवश्यकताहरुलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहीत छ। युनिमनी कतारले आफ्ना ग्राहकका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीव्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ।

     

    आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट वितरण गर्दै आइरहेको छ।

     

    ‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।


    अर्थ चाैतारी
  • बुधबार, १ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट