logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्से सूचक कारोबारको पहिलो दिनमै करिब ७ अंकले घट्यो

    नेप्से सूचक कारोबारको पहिलो दिनमै करिब ७ अंकले घट्यो

    1.2K
    SHARES
    नेप्से सूचक कारोबारको पहिलो दिनमै करिब ७ अंकले घट्यो

    काठमाण्डौ। साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ६.९० अंकले घट्दै १९ सय २६.४० अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अंकले घट्दै नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा रोकिएको थियो ।



     

    आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५२ अंकले घट्दै ३६३.२६ अंकमा झरेको छ । झन्डै ७ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत घटेर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा झरेको छ ।

     

    आज होटेल तथा पर्यटक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ बाहेक बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । यद्यपि, आज मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता सानिमा ग्रोथ फण्डको सेयर मूल्य भने आज ८.५६ प्रतिशतले घट्न पुगेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ५ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट