logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’मा विशेष छुट

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’मा विशेष छुट

    1.7K
    SHARES
    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’मा विशेष छुट

    काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भक्तापुरको सूर्यविनायकस्थित ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।



     

    यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले वाइट अर्किड रिसोर्ट मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १०% छुट र सूर्यविनायक मेडिकल स्टोरका विभिन्न सेवाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

     

    त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ६ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट