logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

    युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

    598
    SHARES
    युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

    काठमाण्डौ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।



    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च (एफआईसीसीआई–एफवाईएल) बीच युवा उद्यमीहरुको नवीन सोचको प्रवर्द्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो।

    हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा दुवै युवा मञ्चबीच उक्त समझदारी भएको थियो। समझदारीपत्रमा सीएनआईवाइईएफ अध्यक्ष प्राची अग्रवाल र एफआईसीसीआई–एफवाईएलका शाश्वत गोयन्काले हस्ताक्षर गरेका छन्। यस समझादारीअनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तर्क्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिनेछ।

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो। यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो। सन् २००५ अगस्ट १५ मा गठित सीएनआईवाइईएफको नेतृत्वमा हालै काठमाण्डौमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्युभेसन सेन्टर स्थापनालगायतका काम भइरहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट