logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन

    ७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन

    689
    SHARES
    ७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ । बिहीबारसम्म ७ वटै प्रदेशको नेतृत्व चयन हुँदा सबै प्रदेशमा अध्यक्ष सर्वसम्मतरुपमा चयन भएका छन् ।



     

    महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा अध्यक्ष चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादुर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए ।

     

    यसैगरी बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेस प्रदेशमा पनि अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट अमृत भट्टचन अध्यक्षमा निर्वाचित भएका छन् ।

     

    वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० प्रतिशत मत भार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठुलो भूमिका रहन्छ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट