logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • देशैभरि गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

    देशैभरि गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

    1.5K
    SHARES
    देशैभरि गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

    काठमाण्डौ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याइएकोे सुराकीका आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ।



     

    यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने काठमाण्डौको जडीबुटीस्थित न्यु थ्यांक्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टसका सञ्चालक सतिश शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा सुनसरीको इनरुवा–४ स्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, मोरङको विराटनगर–८ स्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर–११ स्थित मनोकामन इन्टरनेसनलका सञ्चालक ध्रुवसिंह चौहानलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ।

     

    यस्ता पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ। यसका साथै वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्।

     

    यी कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्वारा काठमाण्डौ उपत्यकालगायत देशका मुख्य सहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोबारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारबाहीलाई तीव्र दिइएको हो। यदि यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारबाही हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट