काठामण्डाै । लिकंन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षण संस्थाहरुबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधीद्वरा दिक्षित गर्ने कार्यक्रम ‘दीक्षान्त समारोह २०२३’, २०८० वैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्र गोदावरी, ललीतरपुरमा हुने भएको छ । मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त गरेर नेपालका विभिन्न ११ वटा सैक्षिक संस्थाका करिब १५०० विद्यार्थीले दीक्षान्तमा भाग लिनेछन् ।
एकेडेभी अफ कुलिनरी आर्टस एन्ड हिस्पटालिटी म्यानेजमेन्ट÷सेन्टर अफ लीडरशीप इन्टरप्रिनियरशीप, वाल्मिकी लिंकन कलेज, ग्रीन पिस लिंकन कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, नेसनल कलेज अफ म्यानेजमेन्ट, केएफअफ बिजनेस स्कुल एन्ड आइटी, लिंकन कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी ,नेशनल कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, पोखर लिंकन इन्टरनेशनल कलेज , टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी र वेस्टर्न मेगा कलेज गरी कुल ११ वटा शैक्षिक संस्थाहरु लिंकन युनिभर्सिटीको सम्बन्धनमा नेपालभर संचालनमा छन् ।
लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशनद्वार इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरु प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरुमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन , कम्प्युटर विज्ञान र सूचना प्रविधिका संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक पाठ्यक्रमहरु अध्ययन अध्यापन गराउदै आएको छ । दीक्षान्त समारोहमा सहभागि हुनका लागि विद्यार्थीहरुले अनलाईन पोर्टल ९धधध।अयलखयअबतष्यल।गिअबल।यचन।लउ० आफ्नो सहभागिता मिति चैत १६ गतेदेखि चैत ३० गते सम्म दर्ता गर्न सक्छन् ।
अर्थ चाैतारी ।