logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा २० अंकको गिरावट, ९२ करोडको कारोबार

    नेप्सेमा २० अंकको गिरावट, ९२ करोडको कारोबार

    1.3K
    SHARES
    नेप्सेमा २० अंकको गिरावट, ९२ करोडको कारोबार

    काठमाण्डौ । दोस्रो दिन पनि नेप्से सूचक ऋणात्मक हुन पुगेको छ । अघिल्लो दिन २० अंकले घट्दै १८ सय ८८ अंकको विन्दुमा रोकिएको नेप्से सूचक आज थप १६.६७ अंकले घट्दै १८ सय ७१.८८ अंकको विन्दुमा झर्न पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले घट्दै ३५२.७१ अंकमा झर्न पुगेको छ ।



     

    यस्तै, १६ अंकमाथिले नेप्से घटेको यस दिन कारोबार रकम समेत ९२ करोड २ लाख ४९ हजार रुपैयाँ झर्न पुगेको छ । अघिल्लो दिन २० अंकले घटेको बजारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

     

    आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । आज पनि कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डेभेन्चरको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट