logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजार ८ अंकले बढ्याे, ८१ करोडकाे कारोबार

    सेयर बजार ८ अंकले बढ्याे, ८१ करोडकाे कारोबार

    754
    SHARES
    सेयर बजार ८ अंकले बढ्याे, ८१ करोडकाे कारोबार

    काठमाण्डौ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ ।



     

    आज म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् ।

     

    म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घट्न पुगेको छ । आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.१४ प्रतिशतले घट्न पुगेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट