logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • खल्तीबाट वर्ल्डलिंक भुक्तानीमा भ्याट फिर्ता र अन्य उपहारहरुसहित आइफोन १४ जित्नुहोस्

    खल्तीबाट वर्ल्डलिंक भुक्तानीमा भ्याट फिर्ता र अन्य उपहारहरुसहित आइफोन १४ जित्नुहोस्

    715
    SHARES
    खल्तीबाट वर्ल्डलिंक भुक्तानीमा भ्याट फिर्ता र अन्य उपहारहरुसहित आइफोन १४ जित्नुहोस्

    काठमाण्डौ । खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ अफर ल्याएको छ। खल्तीमार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारका रुपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्यान्ड जित्ने मौका पाउनेछन्।



     

    खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्तालाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। यसका साथै यो अफरले वर्ल्डलिंकका प्रयोगकर्ताहरुलाई खल्तीसँग सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ।

     

    अफरमा सहभागी हुन वर्ल्डलिंकका प्रयोगकर्ताहरुले खल्तीमार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ। ६ हप्ताको प्रवर्द्धन अवधिमा खल्तीमार्फत गरिने हरेक वर्ल्डलिंक भुक्तानी प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश गर्नेछन्। आइफोन १४ को बम्पर पुरस्कार घोसणा अन्त्यमा प्रदान गरिनेछ भने हरेक हप्ता एकजना भाग्यशाली विजेताले स्मार्टब्यान्ड प्राप्त गर्न सक्नेछन्।

     

    यस अभियानका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो नयाँ अफरको साथ, हामीले हाम्रा प्रयोगकर्ताहरुलाई उनीहरुको बिल भुक्तानी गर्न सजिलोमात्र बनाउँदैनौँ तर अझ रमाइलो र सहज प्रोत्साहित गर्न देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग साझेदारी गरेको छौँ। हामी सबै प्रयोगकर्ताहरुलाई वर्ल्डलिंक बिल भुक्तानीमा अफरहरुबाट लाभान्वित हुन यस अवसरलाई सदुपयोग गर्न प्रोत्साहन गर्दछौँ।’

     

    यसका अतिरिक्त खल्ती प्रयोगकर्ताहरुले ‘गोक्यासलेस’ प्रोमोकोड प्रयोग गरी खल्तीबाट पहिलोपटक वर्ल्डलिंक भुक्तानीमा फ्लाट रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै खल्ती मार्फत वर्ल्डलिंकको हरेक भुक्तानीमा भ्याट रकममा १०% रिटर्न पाउनुहोस्। केवाईसी भेरिफाइड खल्ती आईडी भएका कुनै पनि प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन्।

     

    आईएसओ २७००१ः२९१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट