logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छः परिसंघ

    अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छः परिसंघ

    871
    SHARES
    अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छः परिसंघ

    काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ।



     

    परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई बिहीबार बधाइ दिँदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो। परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइलगायतका विषयमा ध्यानाकर्षण गराए।

     

    निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा अग्रवालले जोड दिए। उनले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग गर्ने बताए। निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह उनले भने, ‘त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्याउँछ।’ यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडि बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ।

     

    परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताए। उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणाका लागि धन्यवाद दिए। मन्त्रीसँगको भेटमा उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशीलगायत थिए।


    अर्थ चाैतारी
  • विहिबार, २३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट