logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एनसेलको सीईओमा जब्बोर कायुमोभ, एन्डी चोङ क्वालालम्पुर फर्किए

    एनसेलको सीईओमा जब्बोर कायुमोभ, एन्डी चोङ क्वालालम्पुर फर्किए

    715
    SHARES
    एनसेलको सीईओमा जब्बोर कायुमोभ, एन्डी चोङ क्वालालम्पुर फर्किए

    काठमाण्डौ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको मातृ कम्पनी ‘आजियाटा’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो । योसँगै कम्पनीले यसअघिका सिइओ एन्डी चोङलाई बढुवा गर्दै मुख्य कम्पनी आजियाटामा नै फिर्ता बोलाएको छ । आजियाटाको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुर रहेको छ ।



     

    एन्डी चोङ सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओ/प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । नवनियुक्त सिइओ जब्बोर कायुमोभले यसअघि नै सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओ/सीइओ भएर काम गरिसकेका छन् । योभन्दा पनि अघि कायुमोभले २०११ अप्रिलदेखि २०१२ नोभेम्बरसम्म एनसेलको सीसीओ पदमा काम गरेका थिए ।

     

    यो भन्दा अघि भने कायुमोभले सन् २०१० देखि २०११ सम्म ताजिकिस्तानमा सञ्चालित दूरसञ्चार टीसेलको सिइओ (नर्थ) बनेर काम गरेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट