logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

    नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

    624
    SHARES
    नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

    काठमाण्डौ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन्। नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो।



     

    यससम्बन्धी गत चैत २० गते भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन्।

     

    उक्त अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गरे।

     

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट