logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योग वाणिज्य महासंघकाे २० औँ अध्यक्ष बन्दै ढकाल

    उद्योग वाणिज्य महासंघकाे २० औँ अध्यक्ष बन्दै ढकाल

    637
    SHARES
    उद्योग वाणिज्य महासंघकाे २० औँ अध्यक्ष बन्दै ढकाल

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले यही चैत ३० गते नयाँ नेतृत्व पाउँदै छ । चैत २९ गते सम्पन्न हुने निर्वाचनसँगै महासङ्घले २० औँ अध्यक्षका रूपमा चन्द्र ढकाल पाउनेछ । ढकाल अध्यक्ष बनेपछि आगामी ३ वर्ष महासङ्घको नेतृत्व सम्हाल्नेछन् । यस्तै, नजिकिँदो साधारण सभा र निर्वाचनले आगामी नेतृत्वबारे समेत छिनोफानो गर्नेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार महासङ्घले आगामी अध्यक्षका रूपमा वरिष्ठ उपाध्यक्ष समेत ३० गते नै पाउनेछ ।



     

    ढकाल २० औँ अध्यक्ष बन्नु पूर्व महासङ्घमा १९ जना अध्यक्ष बनिसकेका छन् । विसं. २०२२ मा स्थापना भएको उद्योग वाणिज्य महासङ्घको संस्थापक अध्यक्ष लोकनाथ जोशी थिए । उनले २०२४ सम्म महासङ्घको नेतृत्व सम्हालेका थिए ।

     

    यस्तो छ अध्यक्षहरूको सूची र कार्यविधि
    – लोकनाथ जोशी (२०२२–२०२४)
    – जुद्धबहादुर श्रेष्ठ (२०२४–२०२८)
    – पशुपति गिरी (२०२८ –२०३२)
    – हरिप्रसाद गिरी (२०३२–२०३५)
    – इन्द्रभक्त श्रेष्ठ (२०३५–२०३८)
    – महेशलाल प्रधान (२०४४–२०५०)
    – विनोदकुमार चौधरी (२०५०–२०५२)
    – पद्म ज्योति (२०५२–२०५४)
    – आनन्दराज गुल्मी (२०५४–२०५६)
    – प्रदीपकुमार श्रेष्ठ (२०५–६२०५८)
    – रविभक्त श्रेष्ठ (२०५८–२०६०)
    – विनोदबहादुर श्रेष्ठ (२०६०–२०६२)
    – चण्डीराज ढकाल (२०६२–२०६४)
    – कुशकुमार जोशी (२०६४–२०६७)
    – सुरज वैद्य (२०६७–२०७०)
    – प्रदीपजंग पाण्डे (२०७०–२०७१)
    – पशुपति मुरारका (२०७१–२०७३)
    – भवाणी राणा (२०७३–२०७६)
    – शेखर गोल्छा (२०७७–२०७९)
    – चन्द्रप्रसाद ढकाल (२०७९–२०८२)


    अर्थ चाैतारी
  • सोमबार, २७ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट